१९ माघ, २०८१ शनिबार

01:38:51 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

क्रिप्टोमा लगानी गरेको अभियोगमा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

Nepal Business

२९ असार, २०७९

क्रिप्टोमा लगानी गरेको अभियोगमा विशाल सिमेन्टका सञ्चालक श्रेष्ठ पक्राउ

काठमाण्डौं । क्रिप्टोमा लगानी गरेको अभियोगमा प्रहरीले विशाल सिमेन्टका सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ । बुधबार काठमाडौंको पानीपोखरीस्थित उनको घरमा प्रहरीले छापा मारेको थियो। 

उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले छापा मारेर श्रेष्ठलाई नियन्त्रणमा लिएको जानकारी दिएको हो । प्रहरीका अनुसार सञ्चालक श्रेष्ठमाथि अनुसन्धान सुरु गरिएको छ । उनले  क्रिप्टो कारोबारमा कति लगानी गरे भन्ने खुल्न सकेको छैन।