१९ माघ, २०८१ शनिबार
01:45:29 PM
२९ असार, २०७९
काठमाडौं । मौद्रिक नीतिको तीब्र तयारी हुँदै गर्दा पछिल्लो समय गभर्नर महाप्रसाद अधिकारी सार्वजनिक कार्यक्रमहरुमा निकै व्यस्त हुनुभएको छ । मौद्रिक नीति सार्वजनिक गर्ने बेला हुन लाग्दा उहाँ दिनहुँजसो मौद्रिक नीतिसँग सम्बन्धित कार्यक्रममा पुग्ने र सुझाव लिने गर्नुभएको छ ।
तर, बुधबार चार्टर्ड एकाउन्टेन्स् संघले आयोजना गरेको मौद्रिक नीति सम्बन्धि प्यान डिस्कसन कार्यक्रममा भने गभर्नर अधिकारी जानुभएन । सो कार्यक्रममा गभर्नर अधिकारीले आफु नगएर डेपुटी गभर्नर बम बहादुर मिश्रलाई पठाउनुभएको छ ।
मंगलबार नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्यमा एम अधिकारीको नाम आएपछि गभर्नरमाथि शंका उब्जिरहेको छ । अहिले एम अधिकारी नै गभर्नर भएको दावी गर्दै उहाँको राजिनामाको चौतर्फी माग गरिएको छ ।
बाहिर चौतर्फी बिरोध भइरहेको समयमा गभर्नर अधिकारीको कार्यक्रममा अनुपस्थितिले थप शंका थपेको छ । तर गभर्नर अधिकारीले आफु कतै कुनै पार्टी राजनीतिमा नरहेको जनाउँदै उक्त व्यक्ति आफु नभएको दाबी गरिरहनुभएको छ ।