२३ बैशाख, २०८१ आइतबार

03:37:41 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउँदै

Nepal Business

२९ असार, २०७९

नेपालीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रतिव्यक्ति १२ हजार ६ सय रुपैयाँ (१ डलर) लाग्ने

पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउँदै

काठमाण्डौं । पर्यटकीय नगरी पोखरामा पुनः हट एयर बलुन सञ्चालनमा आउने भएको छ। कोरोनाका कारण बन्द रहेको हट एयर बलुन बलुन नेपाल प्रालि’ले पुनः सञ्चालनमा ल्याउने भएको हो । 

हट एयर बलुन बलुन यही सेप्टेम्बरदेखि सञ्चालनमा आउदैछ । बर्खाका तीन महिना असार, साउन र भदौ बाहेक हरेक महिना मौसम अनुकुल भएको दिन उडान भरिने कम्पनीले जनाएको छ ।

यसका लागि नेपालीलाई प्रतिव्यक्ति ८ हजार रुपैयाँ र विदेशीलाई प्रतिव्यक्ति १२ हजार ६ सय रुपैयाँ (१ डलर) लाग्ने कम्पनीको जानकारी दिएको छ । यसअघि सन् २०१८ नोभेम्बर १६ देखि कम्पनीले पोखरामा हट एयर बलुनको उडान शुरु गरेको थियो ।

हट एयर बलुन फेवातालको माथिल्लो किनार पामेबाट उडान शुरु गरिनेछ । फेवा किनारबाट तीनदेखि चार हजार मिटर उचाइ लिँदै गर्दा सुन्दर पोखरा उपत्यका र आसपास छर्लङ्गै देखिन्छ । बलुनले सराङ्कोट डाँडा नाघेपछि अन्नपूर्ण हिमशृङ्खलाको अदभूत दृश्य हेर्न पाइन्छ ।