१९ माघ, २०८१ शनिबार

01:39:37 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

२९ असार, २०७९

गभर्नर अधिकारीलाई बर्खास्त गर्न अखिल क्रान्तिकारीको माग

काठमाडौं । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई राजिनामा दिन चौतर्फी दवाव परेको छ ।  नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीले गभर्नर अधिकारी दलीय जिम्मेवारीमा रहेको भन्दै उहाँलाई बर्खास्त गर्न माग गरेको हो ।

नेकपा एमालेको अर्थ विभागको सदस्यमा खोटाङका एम अधिकारी रहेका छन् । एम अधिकारी गभर्नर नै भएको दावी गर्दै अनेरास्ववियू क्रान्तिकारीले उहाँलाई बर्खास्त गर्न माग गरेको हो ।

‘उहाँले प्राप्त गरेको दलीय जिम्मेवारीले नेपाल राष्ट्र बैंक ऐन २०५८ को उल्लेखित दफाको उल्लंघन गरी कानुनको धज्जी उडाएको हुँदा उनलाई तुरुन्त बर्खास्त गर्न नेपाल सरकार समक्ष हामी जोडदार माग गर्दछौं’ अध्यक्ष पञ्चा सिंहले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।