७ जेठ, २०८१ सोमबार

01:11:59 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

श्रद्धार्पण गर्ने अवसर मिलाएकामा राष्ट्रपतिद्वारा धन्यवाद

२७ पुस, २०७८

श्रद्धार्पण गर्ने अवसर मिलाएकामा राष्ट्रपतिद्वारा धन्यवाद

काठमाण्डौं

राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीजयन्तीका अवसरमा नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाह अभियानका वीरयोद्धा काजी कालु पाँडेप्रति श्रद्धासुमन अर्पण गर्ने अवसर मिलाएकामा नेपाल सरकारलाई धन्यवाद व्यक्त गर्नुभएको छ । 

राष्ट्रपतिले मंगलबार अपराह्न ट्विट गर्दै राष्ट्रिय एकता दिवसका उपलक्ष्यमा सो अवसर मिलाएकामा नेपालका विभिन्न प्रज्ञा–प्रतिष्ठान, स्थानीय तह, नेपाली सेनासहित सम्पूर्ण सुरक्षा निकायलाई पनि धन्यवाद दिनुभएको हो ।

राष्ट्रपति भण्डारीले चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोकमा रहेको काजी कालु पाँडेको शालिकमा पुष्पहार अर्पण गरी श्रद्धाभाव प्रकट गर्नुभएको थियो । उहाँले त्यसअवसरमा चन्द्रागिरि नगरपालिका वडा नं १ स्थित दहचोक क्षेत्रमा निर्माण भएका संरचनाहरुको अवलोकन पनि गर्नुभएको थियो ।

रासस