२१ बैशाख, २०८१ शुक्रबार

06:12:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

चोभार बन्दरगाहबाट निर्यातमा ढोका खुल्यो, ऊनबाट बनेका एक ट्रक सामान डेनमार्क पठाइयो

Nepal Business

२८ असार, २०७९

पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिनुभयो ।

चोभार बन्दरगाहबाट निर्यातमा ढोका खुल्यो, ऊनबाट बनेका एक ट्रक सामान डेनमार्क पठाइयो

काठमाडौँ,

काठमाडौँको चोभारमा रहेको सुक्खा बन्दरगहबाट निर्यात सुरु भएको छ । 

आज मंगलबार  डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ ।

आज मंगलबार  डेनमार्कका लागि एक ट्रक ऊनबाट बनेका सामग्री फेल्टगुड्स (जुत्ता, सिल्पर, बुट) निर्यात भएको चोभार भन्सार कार्यालयले जनाएको छ ।

पहिलोपटक ऊनबाट बनेका सामग्री पठाएसँगै निर्यातको ढोका खुलेको प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले जानकारी दिनुभयो । 

उहाँका अनुसार एभरेष्ट ट्राभल्स सर्भिस प्रालिबाट डेनमार्कका लागि नेपाली सामग्री निर्यात भएको हो । उक्त वस्तु ब्लोरुप एनपी प्रालिको रहेको छ ।

उहाँका अनुसार ४३ हजार ४६७ युरो (५५ लाख ७१ हजार बढी) बराबरको नेपाली वस्तु निर्यात भएको हो ।

१५ कन्टेनर सामग्री आयात

चोभारमा निर्माण गरिएको उक्त बन्दरगाह गत चैत २२ गते प्रधानमन्त्री शेरबहादुर देउवाले औपचारिकरुपमा उद्घाटन गरेसँगै सञ्चालनमा आएको हो । 

बन्दरगाह सञ्चालनमा आए यता १५ कन्टेनरमा रु सात करोड ३९ लाख बढीको सामग्री बन्दरगाहमा भित्रिएका छन् ।