१९ माघ, २०८१ शनिबार

01:41:05 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करको दर हेरफेर प्रकरण : सीसीटीभी फुटेज उपलब्ध गराउन संसदीय समितिको निर्देशन

Nepal Business

२८ असार, २०७९

समितिका सचिव सुरेन्द्र अर्यालले बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात झिकाउने निर्णय भएको जानकारी दिनुभयो ।

करको दर हेरफेर प्रकरण : सीसीटीभी फुटेज उपलब्ध गराउन संसदीय समितिको निर्देशन

काठमाडौँ 
बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्तिको प्रवेश गराएको विषयमा छानबिन गर्न गठित संसदीय विशेष समितिले दुई दिनभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात उपलब्ध गराउन निर्देशन दिएको छ ।

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि अनाधिकृत रुपमा व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि प्रतिनिधिसभाले उक्त संसदीय विशेष समिति बनाएको थियो । 

तत्कालिन अर्थमन्त्री जनार्दन शर्मामाथि अनाधिकृत रुपमा व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गरेको आरोप लागेपछि प्रतिनिधिसभाले उक्त संसदीय विशेष समिति बनाएको थियो । 

समितिको मंगलबार बसेको बैठकले सीसीटीभी फुटेज र बजेट प्रक्रियाका कागजात झिकाउने निर्णय गरेको हो । 

समितिका सचिव सुरेन्द्र अर्यालले  बिहीबार दिउँसो २ बजेभित्र अर्थ मन्त्रालयका सीसीटीभी फुटेज र बजेट निर्माण प्रक्रियाका कागजात झिकाउने निर्णय भएको जानकारी दिनुभयो ।

आगामी आर्थिक वर्षको बजेट संसद्‌मा सार्वजनिक गर्ने अघिल्लो राति गत जेठ १४ गते बिचौलिया र व्यापारीका प्रतिनिधिलाई अनधिकृत प्रवेश दिएर करका दर हेरफेर गरेको आरोप तत्कालीन अर्थमन्त्री शर्मा माथि लागेको छ ।

 यही आरोपमा प्रमुख प्रतिपक्ष एमालेले विरोध गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले एमालेका ४, कांग्रेस र माओवादीका २र२, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादी पार्टीका १/१ सांसद रहेको समिति गठन गरेका थिए ।