१९ माघ, २०८१ शनिबार

01:29:40 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

करका लागि ताकेता गर्दै राजस्व विभाग

Nepal Business

२८ असार, २०७९

असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्व र करदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।

करका लागि ताकेता गर्दै राजस्व विभाग

काठमाडौँ,

आन्तरिक राजश्व विभागले आयकरको तेस्रो किस्ताबापतको कर तथा विवरण बुझाउन ताकेता गरेको छ ।

विभागले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । 

विभागले मंगलबार एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०७८/७९ को आयकरको अनुमानित कर र सोको विवरणको तेस्रो किस्ता वा शतप्रतिशत रकममध्ये तिर्न बाँकी कर असार मसान्तभित्र बुझाउन ताकेता गरेको हो । 

विभागले आयकर ऐन, २०५८ को दफा ९४ को उपदफा (१) बमोजिम आय वर्ष २०७८/७९ को आयकरको किस्ता रकम असार मसान्तभित्रै ठूला करदाता कार्यालय वा मध्यमस्तरीय करदाता कार्यालय वा सम्बन्धित राजस्व र करदाता सेवा कार्यालयमा दाखिला गर्न आग्रह गरेको हो ।