२१ बैशाख, २०८१ शुक्रबार

06:25:57 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

सञ्चालनमा आएको तीन महिनापछि चोभार सुक्खा बन्दरगाहबाट पहिलोपटक डेनमार्कमा वस्तु निर्यात

Nepal Business

२८ असार, २०७९

सञ्चालनमा आएको तीन महिनापछि चोभार सुक्खा बन्दरगाहबाट पहिलोपटक डेनमार्कमा वस्तु निर्यात

काठमाण्डौं । सञ्चालनमा आएको तीन महिनापछि चोभार सुक्खा बन्दरगाहबाट पहिलोपटक डेनमार्कमा वस्तु निर्यात भएको छ ।

प्रमुख भन्सार प्रशासक धनबहादुर बडुवालले भन्सार कार्यालयबाट पहिलो पटक एक ट्रक ऊन फेल्टबाट बनेको (जुत्ता, स्वीटर) जस्ता वस्तु निर्यात भएको बताउनुभयो । 

सुक्खा बन्दरगाहबाट ४३ हजार ४६७ यूरो अर्थात् ५५ लाख ६८ हजार ९४६ रुपैयाँ बराबरको ऊनको वस्तु निर्यात भएको भन्सार कार्यालयले जनाएको छ । 

विश्व बैंकको सहयोगमा १ खर्ब ६७ अर्बमा बनेको सो बन्दरगाह गत चैत २२ गतेबाट सञ्चालनमा आएको छ । हालसम्म १५ वटा मात्रै कन्टेनर भित्रिएको भन्सार कार्यालयले जनाएको छ ।