१९ माघ, २०८१ शनिबार
02:36:29 PM
२८ असार, २०७९
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अनुसन्धान आयोगले पर्साको रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयको निर्माण समितिका अध्यक्ष कन्हैया साह कानुसहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।
मुद्दा दायर गरेका अन्यमा रामजानकी नेपाल राष्ट्रिय प्राथमिक विद्यालयका प्रधानाध्यापक तथा सदस्य सचिव रामवचन प्रसाद र सदस्य रामचन्द्र कानु रहेका छन् ।
उनीहरु विरुद्ध विद्यालयमा प्राप्त विभिन्न शीर्षकको रकम हिनामिना गरेको आरोप रहेको छ । उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान सुरु गरेको थियो । उनीहरुले ११ लाख ९५ हजार रुपैयाँ हिनामिना गरेको पुष्टी भएको भन्दै अख्तियारले आज (मंगलबार) विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
अनुसन्धान हुँदा उनीहरुले अस्वभाविक रुपमा रकम पेश्की उपलव्ध गराएको, पेश्कीबाट विद्यालय निर्माणको कुनै कार्य नगरेको तथा पेश्कीबापतको रकम हालसम्म विद्यालयको खातामा दाखिलासमेत नगरेको पाइएको अख्तियारले जनाएको छ ।