१९ माघ, २०८१ शनिबार

02:33:28 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच के भयो कुराकानी ?

२८ असार, २०७९

एमाले अध्यक्ष ओली र चिनियाँ कम्युनिष्ट पार्टीका नेता लिउबीच के भयो कुराकानी ?

काठमाडौं । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्नुभएको छ ।

मंगलबार भक्तपुरको बालकोटमा भएको भेटवार्ताका क्रममा दुई पक्षीय सम्बन्धका बारेमा चर्चा भएको थियो । लिउ जियनचाओले नेपाल चीनको अत्यन्त नजिकको मित्र राष्ट्र भएको र नेपालको विकासको साझेदार रहेको भन्दै यसलाई निरन्तरता दिन चाहेको बताएको एमाले नेता डा. राजन भट्टराईले जानकारी दिनुभयो ।

एमाले अध्यक्ष ओलीले नेपालबाट चीन विरोधी कुनै पनि गतिविधि नहुने ओलीले बताउनुभएको छ । नेपालले आफ्नो नीति र निर्णय स्वतन्त्र रूपमा गर्ने र चीनले पनि स्वतन्त्र रूपमा आफ्नो नीति बनाउने भएकाले यसअघि जस्तो सम्बन्ध थियो, त्यही रूपमा नै अघि बढ्ने विषयमा सघन कुराकानी भएको भट्टराईले जानकारी दिनुभयो ।