२१ बैशाख, २०८१ शुक्रबार

02:56:13 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ट्रेड सेटलमेन्टका लागि रुपैयाँ चलाउने भारतको घोषणा

Nepal Business

२८ असार, २०७९

ट्रेड सेटलमेन्टका लागि रुपैयाँ चलाउने भारतको घोषणा

एजेन्सी । रिजर्भ बैंकले ट्रेड सेटलमेन्टको मुद्राको रुपमा रुपैयाँ निर्णय गरेको छ । विश्वव्यापी घटनाक्रमका कारण भारतको व्यापार घाटा नियन्त्रण गर्न कठिन बन्दै गएका कारण रिजर्भ बैंकले यस्तो घोषणा गरेको हो । 

लामो समयदेखि यसको माग धेरै अर्थशास्त्रीहरूले गर्दै आएका थिए । अन्ततः केन्द्रीय बैंकले अब अन्तर्राष्ट्रिय पनि रुपैयाँमा हुने निर्णय गरेको छ । रिजर्भ बैंकको यो कदमले एकतर्फ भारतको डलरमाथिको निर्भरता कम हुने विज्ञहरुको भनाइ छ । विज्ञहरुका अनुसार यस निर्णयले व्यापार घाटा कम र्ग सहयोग मिल्नेछ । 

रिजर्भ बैंकले सोमबार साँझ परिपत्र जारी गरेको हो । अब रुपैयामा बीजक बनाउने, भुक्तानी गर्ने र आयात–निर्यातको व्यवस्था मिलाउन थप व्यवस्था मिलाइएको बताइएको छ ।

रिजर्भ बैंकको यो कदमले ट्रेड सेटलमेन्टको मुद्राको रुपमा रुपैयालाई बढावा दिने बताईएको छ । अन्तर्राष्ट्रिय व्यापार सम्झौताका लागि रुपैयाँको प्रयोग लामो समयदेखि चर्चामा छ ।