६ बैशाख, २०८२ शनिबार
09:52:52 AM
२८ असार, २०७९
काठमाण्डौं । कवि तथा चर्चित गीतकार बसन्त चौधरीले २०७८ सालको ‘छिन्नलता गीत पुरस्कार’ प्राप्त गर्नुभएको छ ।
राजधानीमा वरिष्ठ गीतकार रमोलादेवी शाह (छिन्नलता)को १०० औं जन्मजयन्ती तथा ४० औं छिन्नलता गीत पुरस्कार समर्पण समारोहकाबीच गीत रचनाको विधातर्फको पुरस्कार तथा सम्मान चर्चित गीतकार चौधरीलाई प्रदान गरिएको हो ।
प्रमुख अतिथि नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार चौधरीलाई दोसल्ला ओढाई सम्मान गर्दै पुरस्कार प्रदान गर्नुभएको थियो ।
गितकार चौधरीले नेपाली भाषाका ६ वटा र हिन्दी भाषाका २ वटा गरी आठ वटा एल्बम ल्याइसकेका सक्नुभएको छ ।