१९ माघ, २०८१ शनिबार

02:38:58 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

औद्योगिक प्रयोजनका लागि ग्यास २३ सय ७२ रूपैयाँमा बेच्न सिफारिस

२८ असार, २०७९

औद्योगिक प्रयोजनका लागि ग्यास २३ सय ७२ रूपैयाँमा बेच्न सिफारिस

काठमाडौं । खाना पकाउने ग्यासको मूल्यबारे अध्ययन गर्न गठन गरिएको उपसमितिले औद्योगिक प्रयोजनका लागि लागत मूल्यमै ग्यास बिक्री गर्न सिफारिस गरेको छ । हाल नेपाल आय निगमले भारतीय आयल कर्पोरेसनसँग ग्यास प्रतिसिलन्डर २ हजार ३७१.७८ रुपैयाँमा खरिद गर्दै आएको छ।

निगमले सहुलियत दिएर प्रतिसिलिन्डर १ हजार ८०० रुपैयाँमा बिक्री गर्दै आएको छ। उक्त उपसमितिले गरेको सिफारिस कार्यान्वयनमा आएमा होटल रेष्टुराँ तथा औद्योगिक क्षेत्रमा प्रयोग गर्न उद्योगी व्यापारीले अब प्रतिसिलिण्डर २३ सय ७१ रूपैयाँ ७८ पैसा तिर्नुपर्ने हुन्छ ।

अहिले घरायसी र औद्योगिक दुवै प्रयोजना एकै मूल्य कायम गर्दा निगमले प्रतिसिलिण्डर ५ सय ७१ रूपैयाँ ७८ पैसा घाटा बेहोर्दै आएको छ। निगमको पेट्रोलियम पदार्थको कुल घाटामध्ये ५० प्रतिशतभन्दा बढी खाना पकाउने एलपी ग्यासले ओगटेको निगमले जनाएको छ।

ग्यासको मूल्यमा  उपसमितिले दुईवटा विकल्प सिफारिस गरेकोछन् । उनिहरुले अब दुईथरी मूल्य गर्दा ग्यासको सिलिन्डरको रङ र साइज पनि परिवर्तन गर्नुपर्ने बताएका छन् । घरायसी प्रयोजन लागि रातो (हालकै साइजमा) मा र औद्योगिक प्रयोजनका लगि नीलो रङमा १९ र ५० तौलको सिलिन्डर सिफारिस गरिएको छ।

उपसमितिले अर्को विकल्पका रुपमा अहिले बेचिँदै आएको ग्यासको कुल हिस्सामध्ये १५ प्रतिशत औद्योगिक प्रयोजनमा बेच्न लगाउने सिफारिस गरिएको छ।