१० मंसिर, २०८१ सोमबार

03:54:06 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपभोग्य वस्तुको मुल्य घटाउन सांसद विश्वकर्माले गराए सरकारको ध्यानाकर्षण

Nepal Business

२८ असार, २०७९

उपभोग्य वस्तुको मुल्य घटाउन सांसद विश्वकर्माले गराए सरकारको ध्यानाकर्षण

काठमाण्डौं । राष्ट्रिय जनमोर्चाका सांसद तुलप्रसाद विश्वकर्माले महंगीका कारण जनता आक्रान्त भएको बताउनुभएको छ । 

मंगलबार मंगलबार राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै सांसद विश्वकर्माले महंगीका कारण जनता आक्रन्त भएकाले उपभोग्य वस्तुको मुल्य घटाउन सरकारको ध्यानाकर्षण गराउनुभएको हो  ।

दैनिक उपभोग्य वस्तुको मुल्य वृद्धिका कारण जनताको जिवनयापनमा समेत असर पर्न थालेकाले मुल्यवृद्धि घटाउनका लागि सरकारले ध्यान दिनुपर्ने उहाँले बताउनुभयो । 

यस्तै उहाँले बढ्दो व्यापारघाटालाई रोक्नुपर्ने र आयातलाई कम गर्दै लानुपर्ने पनि बताउनुभयो । 

यसैगरी उहाँले ठेकेदारको लापरबाहीका कारणले विकास निर्माणका कामहरु सुस्त गतिमा भएको पनि बताउनुभयो ।