१९ माघ, २०८१ शनिबार
02:48:43 PM
२८ असार, २०७९
काठमाण्डौं । आगामी आर्थिक वर्ष २०७९÷८० बाट लागु हुने गरी नागरिक लगानी कोषले ब्याजदर बढाएको छ । कोषले कर्मचारी बचत वृद्धि अवकाश कोष कार्यक्रमका सहभागीलाई वार्षिक ८ प्रतिशतका दरले ब्याज प्रदान गरिने जानकारी दिएको हो ।
यसअघि कोषले यसै कार्यक्रमका ३ लाखभन्दा बढि सहभागीलाई २०७७ असारको नाफाबाट १.५ प्रतिशत थप प्रतिफल दिने निर्णय गरेको थियो । साथै, कोषमार्फत सञ्चालित उपदान, लगानीकर्ता र नार्क बीमा कार्यक्रममा पनि १.५ प्रतिशतका दरले थप प्रतिफल दिने निर्णय गरेको हो ।
यस्तो प्रतिफल २०७८ असार मसान्तमा मौज्दात रहेको रकमलाई आधार मानी प्रदान गरिने छ । उक्त अवधिमा यी कार्यक्रममा कायम रहेका सबै सहभागीको कोषमा रहेको खातामा कोषको साधारण सभा सम्पन्न भएपछि जम्मा गरिने व्यवस्था मिलाइएको छ ।