७ मंसिर, २०८१ शुक्रबार

06:44:24 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

२८ असार, २०७९

गणपूरक संख्या नपुगेपछि सुदूरपश्चिम प्रदेशसभाको बैठक फेरि स्थगित

काठमाडौं ।  सुदूरपश्चिम प्रदेश सभाको आज (मंगलबार) लाई तय गरेको बैठक पनि स्थगित भएको छ । सभामा गणपूरक संख्या नपुगेको भन्दै सभामुख अर्जुनबहादुर थापाले सभा स्थगित भएको घोषणा गर्नुभएको हो ।

प्रदेशसभा बैठक बस्न संसद्को एक तिहाइ अर्थात १४ जना प्रदेशसभा सदस्य आवश्यक पर्ने भए पनि सो संख्या नपुगेकाले बैठक स्थगित गरिएको सभामुख थापाले जानकारी दिनुभयो ।

निर्धारित समयभन्दा एक घण्टा ढिलो सुरू भएको बैठकलाई प्रतिपक्ष दल एमाले, जसपा र लोसपाले बहिष्कार गरेका थिए भने सत्तारूढ दलका प्रदेशसभा सदस्य पनि अनुपस्थित रहेका थिए ।