२१ फागुन, २०८१ बुधबार

10:19:52 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

कर्मचारी सञ्चय कोषले माग्यो ५८ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन?

२८ असार, २०७९

कर्मचारी सञ्चय कोषले माग्यो ५८ जना कर्मचारी, कहिलेसम्म दिने आवेदन?

काठमाडौं । कर्मचारी सञ्चय कोषले विभिन्न पदको लागि ५८ जना नयाँ कर्मचारीको दरखास्त आवेदन खुला गरेको छ। कोषले प्रशासन र प्राविधिक इन्जिनियरिङतर्फ सहायकदेखि वरिष्ठ प्रबन्धक पदको लागि आवेदन खुला गरेको हो।

कोषले सार्वजनिक गरेको सूचना अनुसार सहायक पदमा २४ जना, सहायक प्रबन्धक २३ जना माग गरेको छ भने सव इन्जिनियर प्रमुख सहायक र सहायक प्रबन्ध एकएक जना माग गरेको छ। त्यसैगरी, कोषले उपप्रबन्धक ३ जना, प्रबन्धक २ जना वरिष्ठ प्रबन्धक एक जना कर्मचारी माग गरिएको हो।

उक्त पदकोलागि योग्य तथा इच्छुकले सूचना प्रकाशित भएको मिति आजदेखि २१ दिनभित्र आवेदन गर्न सक्नेछन। उक्त मितिभित्र आवेदन गर्न नसक्नेले दोब्बर दस्तुर तिरी थप ७ दिनसम्म दरखास्त आवेदन दिन सक्नेछन्।