७ मंसिर, २०८१ शुक्रबार

01:24:03 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाई भएको गौतमको दावी

Nepal Business

२८ असार, २०७९

उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाई भएको गौतमको दावी

काठमाण्डौं । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष लामो समयदेखि खाली हुनु लाजमर्दो कुरा भएको बताउनुभएको छ । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा गौतमले उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्ष चयन गर्न सरकार राजनीतिक दल र संसदको ध्यान नपुगेको र यो लाजमर्दो कुरा भएको बताउनुभएको हो ।

उहाँले संविधानमा उपाध्यक्ष र उपसभामुख महिला राख्ने व्यवस्था कै कारण चयनमा ढिलाई भएको दावी गर्दै पुरुष अनिवार्य भनेको भए पाँच दिनमा नै नियुक्ति हुने तर्क गर्नुभयो ।

दुई पदमा निर्वाचन गराउन माग गर्दै महिला सांसदहरुले आन्दोलन गर्नुपर्ने उहाँको सुझाव छ ।  

गौतमले राष्ट्रियसभा उपाध्यक्ष पदमा नियुक्तिका लागि पहिल लिन राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको ध्यानाकर्षण गराउनुभयो ।