२१ फागुन, २०८१ बुधबार

10:07:55 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनार्दन शर्मामाथि छानबिन प्रक्रियाः संसदीय विशेष समितिले आजबाट औपचारिक काम थाल्दै

२८ असार, २०७९

जनार्दन शर्मामाथि छानबिन प्रक्रियाः संसदीय विशेष समितिले आजबाट औपचारिक काम थाल्दै

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्माले अनाधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेर गराएको भन्ने आरोपबारे छानबिन गर्न गठित विशेष समितिले आज (मंगलबार) बाट औपचारिक रुपमा काम सुरु गर्दैछ । समितिको बैठक आज (मंगलबार) दिउँसो सिंहदरबारमा बस्नेछ। बैठकले कार्यविधि निर्माण, समितिको सभापति चयनलगायतका काम गर्नेछ। औपचारिक बैठक राखेर काम सुरु गरेपछि १० दिनभित्र प्रतिवेदन दिनुपर्ने कार्यादेश छ । गत बुधबार प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएको थियो।

समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य हुनुहुन्छ ।

करको दर हेरफेर प्रकरणमा मुछिएपछि शर्माले असार २२ गते पदबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिँदै आफुले गल्ती नगरेको र राजनीतिक प्रतिशोधका कारण भ्रम फैलाउने काम गरेको बताउनुभएको थियो ।