२१ बैशाख, २०८१ शुक्रबार

09:48:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

रेल्वे विधेयकमा सांसदले खोजे नेपाली भाषा

Nepal Business

२७ असार, २०७९

नेपालको संविधानले सरकारी कामकाजको भाषा देव नागरिक लिपीमा हुने व्यवस्था गरेको भए पनि विधेयकमा अत्याधिक रुपमा अङ्ग्रेजी र आगन्तुक भाषाको प्रयोग गरिएको भन्दै सरकारको गम्भीर ध्यानकर्षण गराए ।

रेल्वे विधेयकमा सांसदले खोजे नेपाली भाषा

काठमाडौँ,

गायक एवं सर्जक सुरज पण्डितले गत वर्ष ‘रेलको बाटो’ नामक गीत सार्वजनिक गर्नुभयो । देशभित्र रेल चल्ने समाचार सुनेका दुगर्म क्षेत्रका नागरिकले भने सहज रुपमा यातायातको सुविधा कहिले पाउने होलान् भन्ने उहाँको गीतको आशय थियो । 

हुम्लामा कहिले मोटर पुग्ला भन्ने रहरमा बसेका नागरिकले रेलको कुरा सुन्दा आफैँलाई व्यङ्ग्य गरेको जस्तो ठान्छन् । हुम्ला यातायातको सञ्जालमा जोडिन अझै केही समय लाग्ने भए पनि देशभित्र रेल भने चल्न सुरु भइसकेको छ । 

हुम्लामा कहिले मोटर पुग्ला भन्ने रहरमा बसेका नागरिकले रेलको कुरा सुन्दा आफैँलाई व्यङ्ग्य गरेको जस्तो ठान्छन् । हुम्ला यातायातको सञ्जालमा जोडिन अझै केही समय लाग्ने भए पनि देशभित्र रेल भने चल्न सुरु भइसकेको छ । 

नेपालीका लागि रेल एउटा सपना पनि हो । राणाकालमा नै नेपालमा रेल चलेको थियो । त्यसले निरन्तरता पाएन । जनकपुर जयनगरमा लामो समय पहिल्यै रेल चलेको थियो । बीचमा बन्द भयो । नयाँ प्रविधिसहित पुनः रेल सेवा सुविधा सुरु भएको छ । 

भारतबाट खरिद गरेर ल्याइएका दुई रेल नियमित रुपमा सञ्चालनमा छन् । गत चैत १९ गतेदेखि रेल सेवा पुनःसञ्चालनमा आएको हो । 

भारत भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसबाट श्रव्यदृश्यका माध्यमबाट रेल सेवाको उद्घाटन गरियो । 

कूल ३४ किलोमिटर लामो सो रेल सेवाले नेपाललाई रेलयात्राको युगमा लगेको छ । त्यसलाई नियमित रुपमा सञ्चालन तथा नियमनका लागि कानुनको अभाव थियो । सरकारले पटकपटक अध्यादेशका माध्यमबाट रेल्वे विधेयक ल्यायो । 

दुईदुई पटक प्रतिनिधिसभाको विघटन हुँदा पटकपटक ल्याइएको अध्यादेशले मात्रै काम गर्ने अवस्था रहेन । एकातिर कहिलेदेखि रेल चल्छ भन्ने नागरिकको दबाब थियो । 

अर्कोतर्फ भारतबाट ल्याइएको रेलको अवधि सकिने हो कि भन्ने चासो पनि उस्तै थियो । पछिल्ला दिनमा नेपालमा रेल निर्माणका बारेमा राम्रै बहस भएको छ । 

काठमाडौँ–रसुवागढी–केरुङ रेलमार्गको बारेमा उत्तिकै चर्चा भइरहेको छ । रक्सोल–काठमाडौँ रेलमार्गको विषयले पनि प्राथमिकता पाएको छ । 

सरकारले नियमित रुपमा रेल सञ्चालनका लागि नेपाल रेल्वे कम्पनी स्थापना गरेको छ । कानुनको अभावमा कर्मचारीको नियुक्ति र सञ्चालनका लागि वातावरण बन्न सकेको थिएन । सरकारले सोही आवश्यकतालाई ध्यान दिएर अध्यादेशमार्फत जारी हुँदै आएको ‘नेपाल रेल्बे विधेयक, २०७९’ लाई द्रुर्त प्रक्रियाबाट पारित गर्न लागेको हो । 

सोही क्रममा प्रतिनिधिसभाको आज सोमबारको बैठकमा नेपाल रेल्बे विधेयकमाथि छलफल गराइयो । नेपालको भौतिक पूर्वाधारको विकासका रेलको महत्वपूर्ण भूमिका निर्वाह गर्नेमा कोही कसैको दुई मत रहन सक्दैन । प्रतिनिधिसभाको  सोमबारको बैठकमा हतारमा रेल्बे विधेयक पारित गर्न खोजिएको भन्दै केही सांसदले आपत्ति जनाए ।

केही सांसदले विधेयकमा प्रयुक्त भएको भाषामा नै आपत्ति जनाए । नेपालको संविधानले सरकारी कामकाजको भाषा देव नागरिक लिपीमा हुने व्यवस्था गरेको भए पनि विधेयकमा अत्याधिक रुपमा अङ्ग्रेजी र आगन्तुक भाषाको प्रयोग गरिएको भन्दै सरकारको गम्भीर ध्यानकर्षण गराए । 

संसारभर नै रेल तथा रेल्वेमा ठूलो प्रगति भएको छ । सहज यातायात सञ्जालको रुपमा मानिएको रेल सेवालाई नेपालमा पनि भरपर्दो माध्यमका रुपमा विकास गर्न खोजिएको छ ।

पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माण गर्ने लक्ष्यका साथ विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भइसकेको छ ।