२१ बैशाख, २०८१ शुक्रबार

09:04:11 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतीय सिमेन्ट उत्पादकहरुले खरिद गरे चिनियाँ मुद्रामा रुसी कोइला

Nepal Business

२७ असार, २०७९

भारतीय सिमेन्ट उत्पादकहरुले खरिद गरे चिनियाँ मुद्रामा रुसी कोइला

काठमाण्डौं । रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा राष्ट्रहरुले रुसमा आर्थिक प्रतिबन्धलाई कडाइको घोषणा गरे पनि भारतले भने रुसबाट कोइला खरिद गरेको छ । भारतीय सिमेन्ट उत्पादकहरुले चिनियाँ मुद्रामा रुसी कोइला खरिद गरेका हुन् ।

जुन ५ को बिलअनुसार एचडीएफसी बैंकले भारतीय सिमेन्ट कम्पनी अल्ट्राटेकलाई वित्तीय सहायता उपलब्ध गराउँदै रुसी कोइला खरिद गर्न उत्पादन तथा ट्रेडर एसयुईकेलाई १७ करोड २७ लाख युआन (३ अर्ब २५ करोड रुपैयाँ) भुक्तानी दिएको छ ।

एचडीएफसी बैंकको अन्धेरी इस्टमा रहेको शाखाले रुसी कोइला किन्न एलसी जारी गरेको थियो। भारतीय कम्पनीहरुले रुसी कच्चा पदार्थ चिनियाँ मुद्रामा खरिद गरेसँगै विश्वभर चर्चा भइरहेको छ।