१९ माघ, २०८१ शनिबार
02:40:41 PM
२७ असार, २०७९
काठमाण्डौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापक सहित दुई जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।आयोगले सोमबार विशेष अदालत काठमाण्डौंमा महोत्तरीको श्री माबि एकडाराका प्रधानाध्यापक राम दिनेश मण्डल र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिनोद पासमान विरुद्ध मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार प्रधानाध्यापक रामदिनेश मण्डल र अध्यक्ष विनोद पासमानले विद्यालयको खेलकुद मैदान स्तरोन्नति गर्ने क्रममा अवरोध सिर्जना गरेका थिए । जसमा उनीहरुले विभिन्न बहाना बनाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना आयोगमा परेको थियो ।
सोहि आधारमा गत जेठ १९ गते अख्तियारको टोलीले मण्डल र पासमानलाई ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
यसैगरी अख्तियार अदालतमा बयान फेर्ने सरकारी साक्षीविरुद्ध पनि मुद्दा दायर गरेको छ । भ्रष्टाचार मुद्दामा सरकारी साक्षीले विशेष अदालतमा बयान फेरेपछि आयोगले सोमबार अजयकुमार कुशवाहाविरुद्ध ३ लाख रुपैयाँ बिगो कायम गरी मुद्दा दायर गरेको हो ।