१९ माघ, २०८१ शनिबार

02:47:17 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

राष्ट्रपति भण्डारीद्धारा इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

२७ असार, २०७९

राष्ट्रपति भण्डारीद्धारा इजिप्ट र अष्ट्रियाका लागि राजदूत नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले दुई देशका लागि राजदूत नियुक्त गर्नुभएको छ । उहाँले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत नियुक्त गर्नुभएको हो । इजिप्टका लागि नेपालको आवासीय राजदूतमा सुशीलकुमार लम्साल र गणतन्त्र अष्ट्रियाका लागि आवासीय राजदूतमा भरतकुमार रेग्मी नियुक्त हुनुभएको छ ।

रेग्मीले संयुक्त राष्ट्र संघ कार्यालय, भियनाको नेपालको स्थायी प्रतिनिधि पदमा समेत नियुक्त हुनुभएको छ । मन्त्रिपरिषदले राजदूतमा सिफारिस गरेका व्यक्तिको नाम संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले राजदूत नियुक्त गर्ने व्यवस्था छ ।