७ मंसिर, २०८१ शुक्रबार
01:37:36 PM
२७ असार, २०७९
गठबन्धन सरकार हतियार किन्ने निर्णय फिर्ता लिनुपर्ने
काठमाण्डौं । प्रतिपक्ष नेकपा एमालेले रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने सरकारको निर्णयको विरोध गर्नुभएको छ ।प्रतिनिधिसभाको सोमबारको बैठकमा एमालेका सांसद नवराज सिलवालले मुलुकको अर्थतन्त्र कमजोर भइरहेको अवस्थामा रकमान्तर गरेर नेपाल प्रहरीको लागि हतियार किन्ने निर्णय उचित नभएको बताउनुभएको हो ।
उहाँले कमिसन र पैसाको लोभमा राष्ट्रको अर्थतन्त्र तहसनहस गर्ने योजना अनुरुप नै हतियार किन्ने तयारी गरेको आरोप लगाउनुभयो । हतियारको कमिसन ३०० प्रतिशतसम्म कोटा बढाएर खरिद गर्नु धोका भएको भन्दै उहाँले गठबन्धन सरकार हतियार किन्ने निर्णयबाट फिर्ता हुनुपर्ने तर्क गर्नुभयो ।
सरकारले ११ सय ५० थान सर्टगन, १ हजार थान पेस्तोल र २५ सय थान सेल लगायतका हतियार र सेलहरू खरिद गर्ने तयारी गरेपनि एमालेले बिरोध जनाएको हो ।