२५ बैशाख, २०८१ मंगलबार

10:53:14 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

ठमेल पर्यटन विकास परिषद्को अधिवेशन हुँदै, दुई प्यानलमा को होला विजयी ?

Nepal Business

२७ असार, २०७९

ठमेल पर्यटन विकास परिषद्को अधिवेशन हुँदै, दुई प्यानलमा को  होला विजयी ?

काठमाण्डौं ।  ठमेल पर्यटन विकास परिषद्को नयाँ नेतृत्व चयनका लागि  यहि असार ३२ गते अधिवेशन हुँदैछ । नयाँ नेतृत्वका लागि व्यवसायीले दुई समूहमा प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । 

अधिवेशनको मिति नजिकिदै गर्दा नयाँ नेतृत्वका लागि उम्मेदवारी दिएका दुबै प्यानल चुनावी प्रचारप्रसारमा लागेका छन् । परिषद्को निर्वाचनमा अध्यक्ष पदका लागि पर्यटन व्यवसायी भविश्वर शर्माले उम्मेदवारी दिनुभएको छ भने अर्का व्यवसायी रामचन्द्र अधिकारीले पनि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । 

अध्यक्ष शर्माको समूहबाट उपाध्यक्षमा सहदेव धमला, सुरेन्द्र श्रेष्ठ, प्रश्रय राजभण्डारी र महासचिवमा बद्री तिमल्सिना, सचिवमा स्वजेशमान मालाकार र कोषाध्यक्षमा उज्जल थपलियाले उम्मेदवारी घोषणा गरेका छन् ।
यस्तै सदस्यमा चेतनाथ पुडासैनी, कोपिला सिङ्खडा, रोशन अधिकार, लालबाबु चौधरी, पूर्णियमा मालाकार, अमृत थोकर इन्दिराकुमारी चौलागाई (गौतम) र तेन्जिङ लामा नै उम्मेदवारी दिएका छन्।

अधिकारी समूहमा उपाध्यक्ष पदमा महेश महर्जन, गीता गुरुङ, राजुमान डङ्गोल, महासचिवमा राजीव पाण्डे, सचिवमा रामचन्द्र गिरी र कोषाध्यक्षमा पून्यराम लागेजुले उम्मेदवारी घोषणा गर्नुभएको छ ।

यस्तै सदस्यमा कमल भण्डारी, विनोद श्रेष्ठ, रञ्जयमान प्रधान र कृष्ण थपलियाको उम्मेदवारी परेको छ । परिषद्को नयाँ नेतृत्वका लागि लागि उम्मेदवारी घोषणा गरेका दुबै प्यानलमा कस्ले बाजी मार्लान् ?