१४ बैशाख, २०८१ शुक्रबार

02:29:50 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने चिनिया विदेशमन्त्री लिउको अपेक्षा

Nepal Business

२७ असार, २०७९

लिउले अहिलेको विश्वपरिस्थिती, अहिलेको तरल अवस्था, अलमल र अस्थिर रहेको बारेमा बताएको भट्टराईले जानकारी दिनुभयो ।

नेपालमा चीनविरोधी गतिविधि नहोस् भन्ने चिनिया विदेशमन्त्री लिउको अपेक्षा

काठमाडौँ 
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि हुन नपाओस् भन्ने धारणा व्यक्त गर्नुभएको छ । 

उहाँले आइतबार दिउँसो कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कालाई छुट्टाछुट्टै बालुवाटार र सिंहदरबारमा भेटवार्ता गर्दै नेपाली भूमिमा कुनै पनि चीनविरोधी घटना नहोस् भन्ने चीनले चाहेको प्रस्ट पार्नुभएको छ ।

दुवै भेटवार्तामा उपस्थित कुटनीतिज्ञ तथा देउवाका अघिल्लो कार्यकालमा परराष्ट्र सल्लाहकार रहेका दिनेस भट्टराईले सीपीसीका विदेश विभाग प्रमुख लिउले आफ्नो भ्रमण नेपालका राजनीतिक दलहरुसँग सहकार्य गर्न र सम्बन्ध बढाउनको लागि पनि भएको बताएको जानकारी गराउनुयो ।

प्रधानमन्त्री देउवाले लिउलाई आफूले नै नेपालमा रहेको दलाई लामाको कार्यालयलाई बन्द गराएको स्मरण गराउनुभएको थियो । देउवाले लाजिम्पाटमा रहेको दलाई लामाको नेपालस्थित कार्यालय बन्द गराएका थिए । जवाफमा लिउले त्यसको लागि देउवालाई विषेश धन्यवाद दिएर उक्त निर्णयको प्रशंसा गरे ।

लिउले अहिलेको विश्वपरिस्थिती, अहिलेको तरल अवस्था, अलमल र अस्थिर रहेको बारेमा बताएको भट्टराईले जानकारी दिनुभयो ।