१९ माघ, २०८१ शनिबार
02:45:55 PM
२६ असार, २०७९
आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईले आफूहरूले प्याड नभई बालबालिकाका लागि डाइपर आयात गर्ने कम्पनी रहेको जनाएको हो।
काठमाडौँ,
प्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर सिंह देउवाको कम्पनी ब्लुप्रिन्ट ट्रेडिङ प्रालिले आफूहरू सेनेटरी प्याडको आयात गर्ने कम्पनी नभएको स्पष्ट पारेको छ।
केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको हो।
केही सञ्चारमाध्यममा आफ्नो प्रालीले ‘सेनेटरी प्याड’ आयात गरेको भनेर आएका समाचार तथ्यहीन, भ्रामक र गलत भएको स्पष्ट पारेको हो।
आइतबार एक विज्ञप्ति जारी गर्दै कम्पनीका प्रबन्ध निर्देशक हेमन्त बजगाईले आफूहरूले प्याड नभई बालबालिकाका लागि डाइपर आयात गर्ने कम्पनी रहेको जनाएको हो।
‘ब्लुप्रिन्ट ट्रेडिङ नेपालमा बच्चाहरूका लागि प्रयोग हुने डाइपर आयात गर्ने कम्पनी हो,’ वक्तव्यमा भनिएको छ,‘विभिन्न माध्यमहरूमा सेनेटरी प्याड आयात गरेको भन्ने कपोकल्पित, भ्रामक र तथ्यहीन समाचार प्रकाशित भएकोमा हाम्रो गम्भीर आपत्ति छ।’
यस्तै ब्लुप्रिन्टले अहिलेसम्म सेनेटरी प्याड आयात नै नगरेको दाबी समेत गरेको छ।
विना आधार कम्पनीको मानहानी हुनेगरी प्रकाशित समाचारहरू गलत भएको ठहर गरेको छ।