१६ बैशाख, २०८१ आइतबार

01:28:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वैशाखयता विपद्जन्य घटनाबाट ६६ करोड ५९ लाखको क्षति, ११८ को मृत्यु

Nepal Business

२५ असार, २०७९

ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् ।

वैशाखयता विपद्जन्य घटनाबाट ६६ करोड ५९ लाखको क्षति, ११८ को मृत्यु

काठमाडौँ,
गएको वैशाखयता विपद्जन्य घटनाबाट मुलुकभर रु ६६ करोड ५९ लाख बढीको क्षति भएको छ । विपदजन्य घटनाले यसरी भौतिक सम्पतिमा क्षति पुगेको हो ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ । 

उक्त घटनामा ११८ जनाको मृत्यु भएको छ । ती घटनाबाट एक हजार ३४७ परिवार प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले यो बीचमा एक हजार ३४ विपद्जन्य घटना भएको र त्यसमा परेर ११८ को मृत्यु, एक बेपत्ता र २७१ घाइते भएको जानकारी दिएको छ । 

प्राधिकरणका अनुसार सबैभन्दा बढी चट्याङबाट ४९ जनाको मृत्यु भएको छ । कूल १४० चट्याङ परेकामा ११७ जना घाइते भएको सार्वजनिक विवरणमा उल्लेख छ । 

प्राप्त विवरणमा आगलागीबाट १९, जनावरको आक्रमणबाट १२, पहिरामा परेर १५, बढीका कारण तीन र हावाहुरीका कारण नौ जनाको मृत्यु भएको हो ।