१९ माघ, २०८१ शनिबार
02:40:13 PM
२५ असार, २०७९
गस्ती टोलीले काँकडभिट्टातर्फ आउँदै गरेको मे१च ४९८० नंको पिकअप गाडी जाँच गर्दा करिब रु दुई लाख ८८ हजार ४०० मूल्य बराबरको सात क्विन्टल सुपारी बरामद गरेको
झापा,
झापाको मेचीनगर नगरपालिका–५ स्थित तिरिङ–काँकडभिट्टा सडकखण्डबाट शनिबार प्रहरीले अवैध सुपारीसहित सवारीसाधन बरामद गरेको छ ।
बरामद सुपारी, सवारीसाधन र चालक ४८ वर्षीय दानबहादुर पोखरेललाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी गस्ती टोलीले काँकडभिट्टातर्फ आउँदै गरेको मे१च ४९८० नंको पिकअप गाडी जाँच गर्दा करिब रु दुई लाख ८८ हजार ४०० मूल्य बराबरको सात क्विन्टल सुपारी बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।
बरामद सुपारी, सवारीसाधन र चालक ४८ वर्षीय दानबहादुर पोखरेललाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।