१९ माघ, २०८१ शनिबार
02:39:46 PM
२४ असार, २०७९
आज शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको सहजीकरणमा समितिमा रहेका सदस्यहरूबीच बैठक बसेको र त्यसले समितिका सदस्यमा सचिव लक्ष्मण अर्याललाई बनाउने निर्णय गरेको छ ।
काठमाडौँ,
आगामी वर्षको बजेट निर्माणका क्रममा अनाधिकृत व्यक्तिलाई बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका तत्कालीन अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारदेखि छानविन हुने भएको छ ।
उक्त विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको पहिलो बैठक आगामी मंगलबार बस्ने र सोहीदिनबाट सभापति चयन गरी छानविन शुरु गर्ने तयारी गरिएको छ । सभापति चयनसँगै १० दिनमा छानविन सक्नुपर्ने गरी संसदले कार्यादेश दिएको छ ।
उक्त विषयमा छानबिन गर्न बनेको संसदीय विशेष समितिको पहिलो बैठक आगामी मंगलबार बस्ने र सोही दिनबाट सभापति चयन गरी छानविन शुरु गनृै तयारी गरिएको छ ।
सभापति चयनसँगै १० दिनमा छानविन सक्नुपर्ने गरी संसदले कार्यादेश दिएको छ ।
आज शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाको सहजीकरणमा समितिमा रहेका सदस्यहरूबीच बैठक बसेको र त्यसले समितिका सदस्य सचिव लक्ष्मण अर्याललाई बनाउने निर्णय गरेको छ । अर्याल संसद सचिवालयका सहसचिव हुनुहुन्छ ।
बुधबार प्रतिनिधिसभाले शर्मामाथि छानबिन गर्न ११ सदस्यीय संसदीय विशेष छानबिन समिति बनाएको थियो।
समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, कांग्रेसबाट पुष्पा भुसाल गौतम र सीताराम महतो, नेकपा (माओवादी केन्द्र)बाट देवप्रसाद गुरूङ र शक्तिबहादुर बस्नेत, नेकपा एकीकृत समाजवादीकी सरलाकुमारी यादव, जसपाबाट सुरेन्द्र यादव र लोसपाबाट लक्ष्मणलाल कर्ण सदस्य हुनुहुन्छ ।
छानबिन समिति बनेकै दिन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिनुभएको थियो । उहाँले राजीनामा दिँदै आफुले गल्ती नगरेको र राजनीतिक प्रतिशोधका कारण भ्रम फैलाउने काम गरेको बताउनुभएको थियो ।