७ मंसिर, २०८१ शुक्रबार

12:57:42 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन थालिने

२४ असार, २०७९

जनार्दन शर्मामाथि मंगलबारदेखि छानबिन थालिने

काठमाडौं । निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि आउँदो मंगलबारदेखि छानविन थालिने भएको छ । करका दर हेरफेर गर्न अनधिकृत व्यक्तिलाई  संलग्न  गराएको, सीसीटीभी फुटेज मेटाएको आरोप लागेपछि बुधबार राजीनामा दिनुभएका शर्मामाथि आउँदो मंगलबारबाट छानबिन सुरु हुने भएको हो ।

गत असार २२ गते प्रतिनिधिसभाले ११ सदस्यीय विशेष समिति (छानबिन समिति) गठन गरेको थियो । छानबिन समितिमा एमालेबाट खगराज अधिकारी, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल र विमला विक, माओवादी केन्द्रबाट देव गुरुङ र शक्तिबहादुर बस्नेत, काँग्रेसबाट पुष्पा भुसाल र सीताराम महतो, एकीकृत समाजवादीबाट सरलाकुमारी यादव, लोसपाबाट लक्ष्मणलाल कर्ण र जसपाबाट सुरेन्द्रप्रसाद यादव रहेका छन् । शुक्रबार नयाँ बानेश्वरमा सभामुख अग्निप्रसाद सापकोटाले छानविन समितिका ११ सदस्यसँग सहजीकरण बैठक गर्नुभएको थियो ।

सभामुख सापकोटाले सहजीकरणका लागि राखेको बैठकमा छानबिन समितिका सदस्यहरुले मंगलबारबाट काम सुरु गर्न सहमति जनाएका हुन् । संसद सचिवालयका सहसचिव सुरेन्द्र अर्याललाई सदस्य सचिव तोकेर शर्मामाथि छानवीन गर्न र १० दिनभित्र रिपोर्ट बुझाउन समय दिइएको छ ।