२० बैशाख, २०८१ बिहिबार

07:17:25 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

Nepal Business

२३ असार, २०७९

उहाँले किसानलाई उत्पादनसँगै उत्पादित वस्तुको सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो ।

साना किसान सबल भएमात्र नेपालको अर्थतन्त्र सुधार हुन्छ

काठमाडौँ,

कृषिमा आधारित नेपालको अर्थतन्त्र सुधारका लागि साना किसानलाई सबल बनाउनुपर्ने काठमाडौँमा आयोजित एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । 

साना किसान विकास लघुवित्त वित्तीय संस्था लि को २१औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमा बोल्ने वक्ताहरुले नेपालको आर्थिक सामाजिक रूपान्तरणका लागि साना किसानलाई सबल बनाउनुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष दीपेन्द्रबहादुर क्षेत्रीले गरिबी निवारण, अर्थतन्त्रको सुधार, भोकमरीको अन्त्य र दिगो विकास लक्ष्य पूरा गर्न कृषि तथा पशुजन्य उत्पादन, प्रशोधन र बजारीकरणमा जोड दिनुपर्ने आवश्यकता औँल्याउनुभयो । 

उहाँले किसानलाई उत्पादनसँगै उत्पादित वस्तुको सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणमा समेत ध्यान दिनुपर्ने बताउनुभयो । 

किसानको उत्पादनलाई सिधै वा प्रशोधन गरेर किसान आफैँले बजारसम्म लैजानसक्ने वातावरणको विकास गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । 

ग्रामीण क्षेत्रको अर्थतन्त्र सुधारका लागि साना किसानले खेलेको भूमिका महत्वपूर्ण रहेको भन्दै उहाँले सरकारले साना किसान, कृषि सहकारी र पशुपालनमा लागेका किसानलाई सँगसँगै अगाडि बढाए मात्र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सहयोग पुग्ने बताउनुभयो ।