१७ बैशाख, २०८१ सोमबार

12:51:52 PM

https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

वायुसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

Nepal Business

२३ असार, २०७९

आदेशमा हालका दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक लगाउँदै निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन भनिएको छ ।

वायुसेवा निगममा अधिकारीलाई निरन्तरता दिन सर्वोच्चको आदेश

काठमाडौँ,

सर्वोच्च अदालतले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को कार्यकारी अध्यक्षमा युवराज अधिकारीलाई निरन्तरता दिने अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

निगम अध्यक्षमा चार वर्षका लागि नियुक्त गरिएको भन्दै सर्वोच्चले कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन अल्पकालीन अन्तरिम आदेश दिएको हो । अधिकारीे २०७८ कात्तिक ११ गते निगमको कार्यकारी अध्यक्षमा नियुक्त हुनुभएको थियो । 

आदेशमा हालका दिपुराज ज्वारचनलाई निगमको महाप्रबन्धकका रूपमा कामकाज गर्न रोक लगाउँदै निगमको कार्यकारी अध्यक्षमा अधिकारीलाई निरन्तरता दिन भनिएको छ । सर्वोच्चले असार २८ गते दुवै पक्षलाई छलफलका लागि बोलाएको छ । 

सर्वोच्चको फैसलापछि संक्षिप्त प्रतिक्रिया दिँदै कार्यकारी अध्यक्ष अधिकारीले अदालतले न्याय र अन्याय हेर्छ भन्ने आफूलाई महसुस भएको बताउनुभयो ।