२० बैशाख, २०८१ बिहिबार

09:36:09 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भारतले गहुँपछि पिठो र मैदा निर्यातमा पनि लगायो प्रतिबन्ध

२३ असार, २०७९

भारतले गहुँपछि पिठो र मैदा निर्यातमा पनि लगायो प्रतिबन्ध

काठमाडौं । भारत सरकारले पिठो र मैदाको निर्यातमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ। दुई महिनाअघि मात्र गहुँ निर्यातमा रोक लगाएको भारतले अब गहुँको पिठो र गहुँको अरु उत्पादन निर्यातमा समेत प्रतिबन्ध लगाउने घोषणा गरेको हो ।

विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार भारत आउने मंगलबार (असार २८ गते) देखि आटा, मैदा, सुजी लगायत गहुँका उत्पादनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

मालबाहक जहाजमा लोड गरिसकेका वा भन्सारमा बुझाइसकिएका उत्पादनलाई भने रोकतोक नहुने बताइएको छ । वैशाख ३० मा भारतले गहुँको निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको थियो । त्यसयता भारतमा गहुँको पिठोको मूल्य केही कम भए पनि हाल पिठो निर्यातसमेत रोकिएको छ । यसले नेपाल समेत प्रभावित हुनेछ ।