२२ माघ, २०८१ मंगलबार
11:28:30 AM
२६ पुस, २०७८
काठमाण्डौं
अहिले लकडाउनको हल्ला चलिरहेको बेला अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्रले लकडाउन धान्न नसक्ने बताउनु भएको छ । सरकारले अब लकडाउनको बाटो रोज्न नहुने पनि उहाँले बताउनु भयो।
सोमबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) को दोस्रो वार्षिक साधारणसभामा बोल्दै अर्थमन्त्री शर्माले अहिलेको आर्थिक अवस्थामा आएको संकट कोरोनाका कारण भएको भन्दै अब कुनै पनि हालतमा लकडाउन रोज्न नहुने बताउनु भयो ।
उहाँले फेरी लकडाउन हुन्छ की भन्ने आमनागरिकमा आशंका छ तर अब हामीले लकडाउनको बाटो रोज्नु हुन्न, हाम्रो अर्थतन्त्रले थेग्न सक्तैन भन्नुभयो ।
यसैगरी नेपालको अर्थतन्त्र हल्ला भएजस्तो ज्यादै खराब नभएको उहाँले बताउनु भएको हो । उहाँले वदेशी मुद्राको सञ्चिती घटेको छ । आयात कम गर्न सरकारले नीतिमा हेरफेर गरेसँगै असर देखिन थालिसेकेको छ । जसका कारण पछिल्लो तथ्यांक अनुसार आयात ६० प्रतिशतबाट घटेर ५८ प्रतिशतमा झरिसकेको उहाँले बताउनु भयो ।
देशको अर्थतन्त्रलाई सही दिशा तिर लैजान नीजि क्षेत्रले पनि भुमिका खेल्नुपर्ने बताउँदै नीजि क्षेत्रले उत्पादनमा जोड दिनुपर्ने, यसका लागि सरकार सहयोग गर्न तयार रहेको अर्थमन्त्रीले बताउनु भयो ।