१७ बैशाख, २०८१ सोमबार

12:35:16 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बढ्यो हवाई भाडा, कुन ठाउँको कति ? (सूचिसहित)

२२ असार, २०७९

बढ्यो हवाई भाडा, कुन ठाउँको कति ? (सूचिसहित)

काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएपछि वायुसेवा कम्पनीले हवाई भाडा बढाएका छन् । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएर १८५ रुपैयाँ प्रतिलिटरबाट १९० रुपैयाँ पुर्याइको छ । वायुसेवा सञ्चालक संघका अनुसार काठमाडौंबाट धनगढीका लागि सबैभन्दा धेरै २२० रुपैयाँ भाडा बढेको छ । नयाँ भाडा दर अनुसार काठमाडौंबाट माउन्टेनको भाडा १७० रुपैयाँले वृद्धि भई १४ हजार ८९२ रुपैयाँ पुगेको छ । काठमाडौंबाट भद्रपुरको भाडा १५० रुपैयाँले भाडा वृद्धि भएर १२ हजार ९५५ रुपैयाँ पुगेको छ ।

काठमाडौंबाट विराटनगरको भाडा प्रतिव्यक्ति १२५ रुपैयाँले वृद्धि भएर १० हजार २०२ रुपैयाँ, काठमाडौंबाट जनकपुरको हवाई भाडा ६५ रुपैयाँले वृद्धि भएर ५ हजार ८६० रुपैयाँ, काठमाडौंबाट भरतपुरको ५५ रुपैयाँले भाडावृद्धि भएर ४ हजार ९९० रुपैयाँ, काठमाडौंबाट पोखराको ८० रुपैयाँले भाडा वृद्धि भएर ६ हजार ९८५ रुपैयाँ,काठमाडौंबाट भैरहवाको भाडा प्रतिव्यक्ति १०० रुपैयाँले वृद्धि भएर ८ हजार ६७५ रुपैयाँ, काठमाडौंबाट नेपालगञ्जको भाडा १६५ रुपैयाँले वृद्धि भएर १३ हजार १६५ रुपैयाँ, काठमाडौंबाट धनगढी २२० रुपैयाँले भाडा वृद्धि भएर १७ हजार २५ रुपैयाँ, काठमाडौंबाट तुम्लिङटर ९५ रुपैयाँले भाडा वृद्धि भएर ८ हजार २०५ रुपैयाँ र काठमाडौंबाट सिमराको ४५ रुपैयाँले हवाई भाडा वृद्धि भएर ४ हजार २४० रुपैयाँ पुगेको छ ।

त्यस्तै, काठमाडौंबाट सुर्खेतको १७० रुपैयाँले भाडा वृद्धि भएर १४ हजार ९९५ रुपैयाँ पुगेको छ । भने काठमाडौंबाट राजविराजको भाडा १०० रुपैयाँले वृद्धि भएर ८ हजार ७५५ रुपैयाँ पुगेको छ । यो भाडा असार २३ गते देखि लागू हुनेछ ।