१६ कार्तिक, २०८१ शुक्रबार
11:06:48 AM
२२ असार, २०७९
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा कुनै गल्ती नगरेको दावी गर्नुभएको छ । संसदबाट बाहिरिने क्रममा बुधबार पत्रकारसँग कुरा गर्दै राजीनामा घोषणा गर्नुभएका अर्थमन्त्री शर्माले छानविन समितिलाई सजिलो पार्न र सत्यतथ्य संसदमा ल्याउन राजीनामा दिएको पनि उल्लेख गर्नुभयो ।
उहाँले आफुले बजेट निर्माणका कुनै गल्ती नगरेको र स्थापित मूल्य, विधि र पद्धतिका आधारमा बजेट निर्माण गरेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, जुन किसिमले विषय उठेको छ, त्यसले आम जनातामा भ्रम परेको छ, सत्यतथ्य छानविनबाट त्यो भ्रम हट्ने छ ।”
करको दर हेरफेर गरेको आरोपमा उहाँमाथि छानविन गर्न संसदले विशेष समिति गठन गरेपछि सदनमा सम्बोधन गर्दै उहाँले राजीनामा दिनुभएको हो ।