२२ फागुन, २०८१ बिहिबार

17:30:18 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

बजेट निर्माण प्रकृयामा हाम्रो कुनै संलग्नता छैन, पुष्टि भए कारवाही भोग्न तयार छौँः चौधरी ग्रुप

२२ असार, २०७९

बजेट निर्माण प्रकृयामा हाम्रो कुनै संलग्नता छैन, पुष्टि भए कारवाही भोग्न तयार छौँः चौधरी ग्रुप

काठमाडौं । बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरुप्रति चौधरी ग्रुपले ध्यानाकर्षण भएको जनाएको छ। चौधरी ग्रुपका प्रबन्ध निर्देशक (एमडी) निर्वाण चौधरीले बुधबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति ध्यानाकर्षण भएको भएको भन्दै बजेट निर्माण प्रकृयामा चौधरी ग्रुपको कुनै चासो र सरोकार नरहेको बताउनुभएको छ ।

उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको छ, ‘बजेटका सन्दर्भमा चौधरी ग्रुपलाई जोडेर सामाजिक सञ्जालमा आएका कुराहरूप्रति हाम्रो ध्यानाकर्षण भएको छ । बजेट निर्माण प्रकृयामा हाम्रो कुनै चासो र सरोकार नरहेको बारेमा स्पष्ट पार्न चाहान्छौँ । यस मामिलामा हाम्रो संलग्नताको बारेमा विना आधार केही सञ्चार माध्यम र सामाजिक सञ्जालमा टिप्पणी गर्ने महासयहरूप्रति हामी खेद व्यक्त गर्दछौँ । साथै, उहाँहरुले लगाउनु भएको आरोपको पुष्टि गर्न हामी चुनौती दिन्छौँ । र, यस सम्वन्धमा छानविन गरि सत्यतथ्य बाहिर ल्याउन हामी सम्वन्धित निकायहरुलाई आग्रह गर्दछौँ । यस मामिलामा यदि हाम्रो संलग्नता कहिँ कतै पुष्टि भएमा हामी कारवाही भोग्न तयार छौँ । र, यदि हाम्रो संलग्नता पुष्टि नभएमा हामीमाथि मिथ्या आरोप लगाउनेहरु कारवाही भोग्नकालागि तयार रहनेछन् भन्ने हाम्रो अपेक्षा छ ।’