१९ माघ, २०८१ शनिबार

03:47:27 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गर्ने नुवाकोटकी पौडेल पक्राउ

२२ असार, २०७९

न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख ठगी गर्ने नुवाकोटकी पौडेल पक्राउ

काठमाडौं । न्युजिल्याण्ड पठाइदिने भन्दै ९ जना ठगी गर्ने एक जनालाई प्रहरी पक्राउ गरेको छ । न्युजिल्याण्ड पठाइदिने भन्दै ६३ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले नुवाकोटकी २७ वर्षकी शोभा पौडेललाई पक्राउ गरेको हो ।

नुवाकोटको विदुर नगरपालिका–७ घर भई बुढानीलकण्ठ नगरपालिका–३ घुम्तीमा बस्ने पौडेलले सिन्धुलीको दुधौली नगरपालिका–१ का नारायण बोगटीसहित ९ जनाबाट ६३ लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । रकम लिएर सम्पर्कविहीन भएपछि वैदेशिक रोजगार विभागले पौडेललाई पक्राउ गरी उपस्थित गराइदिन पत्राचार गरेको थियो । प्रहरीले मंगलबार साँझ ५ बजे पौडेललाई कपनबाट पक्राउ गरेको हो ।

पौडेलले न्युजिल्याण्ड जान १२ लाख ५० हजार रुपैयाँ लाग्ने, त्यहाँ कृषि कम्पनीमा फलफूल टिप्ने काम लगाइदिने र मासिक तलब एक लाख ७० हजार रुपैयाँसम्म हुने भन्दै ६३ लाख रुपैयाँ रकम लिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।