१० मंसिर, २०८१ सोमबार
06:02:02 AM
२२ असार, २०७९
काठमाडौं । नेकपा माओवादी केन्द्रले बजेटमाथि उठेका प्रश्नमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग छलफल गर्ने भएको छ । आज (बुधबार) बिहान पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास खुमलटारमा बसेको पूर्वस्थायी कमिटी सदस्यहरुको बैठकले अर्थमन्त्री जनार्दन शर्माका विषयमा उठेका प्रश्नबारे एमालेसँग छलफल गर्ने निर्णय गरेको हो ।
एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चौतर्फी दबाब देखिएको छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग्दै आएको छ ।