१९ माघ, २०८१ शनिबार

03:48:23 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा

२२ असार, २०७९

अर्थसचिव मरासिनी अनिश्चितकालका लागि बिदामा

काठमाडौं । अर्थसचिव मधुकुमार मरासिनी बिदामा बस्नुभएको छ । बुधबारदेखि लागू हुने बजेट निर्माणमा अनधिकृत व्यक्तिलाई अर्थमन्त्रालयमा प्रवेश गराएको भन्दै अर्थमन्त्री जनार्दन शर्मा विवादमा तानिए पछि अनिश्चितकालका लागि सचिव मरासिनी बिदामा बस्नुभएको हो ।

उहाँले आज (बुधबार) बिहान प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यसचिव शंकरदास वैरागीलाई भेटेर बिदामा बस्ने जानकारी दिनुभएको हो। उहाँले अर्थमन्त्री शर्माले पदबाट राजीनामा नदिएसम्म आफू मन्त्रालय नफर्किने बताएको जनाइएको छ ।

एकपछि अर्को विवादमा मुछिएका अर्थमन्त्री जनार्दन शर्मालाई बर्खास्त गर्न चौतर्फी दबाब देखिएको छ । बजेट प्रस्तुत गर्नु अघिल्लो रात अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराई करका दर हेरफेर गरेर बजेट निर्माण गरेको भन्दै अर्थमन्त्री शर्माको निरन्तर आलोचना भइरहेको छ ।