१९ माघ, २०८१ शनिबार
03:42:39 PM
२१ असार, २०७९
पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गरी वर्तमान आर्थिक समस्यामा सम्बोधनका लागि यथोचित कदम चाल्नसमेत अपिल गर्नुभएको छ ।
काठमाडौँ
राष्ट्रिय योजना आयोगका ६ पूर्वउपाध्यक्षहरुले बजेट निर्माणका क्रममा उठेका प्रश्नमाथि मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायले छानबिन गर्न माग गर्नुभएको छ ।
‘संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील’ भन्दै बजेट निर्माणमा भएको अनियमिततामाथि छानबिन गर्न माग गरिएको हो।
‘संकटोन्मुख अर्थतन्त्र र सरकारी अनुशासनहिनताबारे राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षहरुको अपील’ भन्दै बजेट निर्माणमा भएको अनियमिततामाथि छानबिन गर्न माग गरिएको हो।
मंगलबार पूर्वउपाध्यक्षहरु पृथ्वीराज लिगल, जगदीशचन्द्र पोखरेल, युवराज खतिवडा, दिनेशचन्द्र देवकोटा, गोविन्दराज पोखरेल र पुष्प कँडेलले संयुक्त विज्ञप्ति जारी गरी वर्तमान आर्थिक समस्यामा सम्बोधनका लागि यथोचित कदम चाल्नसमेत अपिल गर्नुभएको छ ।
‘नेपालको अर्थतन्त्र अहिले समस्यामा रहेको, जनताको पसिनाबाट उठेको करको दुरुपयोग भएको, मूल्यवृद्धि र जनजीविकाका सवालमा सरकारले सम्बोधन गर्न नसकेको र सरकारले कुशासनलाई नै टेवा पुग्ने काम गरिरहेकाले थप आर्थिक जटिलताको संकेत गरिरहेको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘त्यसकारण हामी पूर्वउपाध्यक्षहरु सरकारसमक्ष अहिलेको संकटोन्मुख अर्थतन्त्रको सामना गर्न ठोस योजनाका साथ अघि बढ्न अनुरोध गर्दै बजेट निर्माणमा उठेका प्रश्नहरुमाथि यथोचित छानबिन गर्न मन्त्रिपरिषद्, संसद् र संवैधानिक निकायसमक्ष माग गर्दछौं ।’