२२ माघ, २०८१ मंगलबार
11:51:15 AM
२६ पुस, २०७८
काठमाण्डौं
साताको दोस्रो दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका छापावाला सुनको मूल्य तोलामा तीन सय रुपैयाँले घटेर ९१ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार सुनको मूल्य स्थिररही ९१ हजार छ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्य तोलामा पाँच रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।