१९ माघ, २०८१ शनिबार
03:42:26 PM
२१ असार, २०७९
उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। सभाको राज्य व्यवस्था शुसासन समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो।
काठमाडौँ,
नेपाल सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले दलहरुबीच सहमति जुट्न नसकी प्रतिनिधिसभामा थाती रहेको विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
मन्त्रिपरिषदको मंगलबारको बैठकले दलहरुबीच सहमति जुट्न नसकी प्रतिनिधिसभामा थाती रहेको विधेयक फिर्ता लिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभएको छ ।
उक्त विधेयक २०७५ साउन २२ गते प्रतिनिधिसभामा दर्ता भएको थियो। सभाको राज्य व्यवस्था शुसासन समितिमा छलफलपछि ०७७ असार ९ गते प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेश भएको थियो।
नागरिकता विधेयकमा रहेका बिबादित विषय झिकेर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी छ।
प्रतिनिधिसभामा पुगेको समितिको प्रतिवेदनमा नेपाली नागरिकसँग बैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अंगीकृत नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको हुनुपर्ने प्रावधान राखिएको छ।
राज्य व्यवस्था समितिमा छलफलको क्रममा नेपाली कांग्रेसका सांसद र मधेश केन्द्रित दलका सांसदहरूले यो प्रावधानको विरोध गरेका थिए।