२३ बैशाख, २०८१ आइतबार

10:53:33 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाई

Nepal Business

२१ असार, २०७९

भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिवद्ध रहेको प्रधानमन्त्रीको भनाई

काठमाण्डौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भाषा तथा संस्कृतिको हकलाई मौलिक हकको रुपमा स्थापित गर्न सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ । 

मंगलबार काठमाण्डौंमा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको १२ औँ प्रज्ञा सभा उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवद्र्धन र संरक्षण गर्ने हक हुने बिषयलाई संविधानले सुनिश्चित गरेको भन्दै त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको हो ।

उहाँले सङ्गीत नाट्यजस्ता कला आफैँमा राष्ट्रका अमूल्य सिर्जना भएको र तिनले राष्ट्रको गौरव बढाउनुका साथै आमजिवनमा सिर्जनशीलताको सञ्चार गर्ने गरेको जिकिर गर्नुभयो ।

नाट्य प्रज्ञा–प्रतिष्ठानले नाट्य, नृत्य, सङ्गीतका माध्यमबाट राष्ट्रको उत्थानका निमित्त खेल्ने हरेक भूमिकामा सरकारको सधैँ साथ र सहयोग रहने उहाको भनाई छ ।

प्रधानमन्त्री देउवाले लोकतन्त्रको स्थापना र संवद्र्धनमासमेत कलाकार र साहित्यकारको अमूल्य योगदान रहेको धारणा राख्नुभयो । 

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, साहित्य, नाट्य क्षेत्र, संस्कृतिको विकास र प्रवद्र्धनको निम्ति आफूले सक्दो पहल गर्ने बताउनुभयो

त्यस्तै नेपाल ललितकता प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्मचार्यले नेपाली साहित्य क्षेत्रको विकासमा सवै लाग्नुपर्ने जिकिर गर्नुभयो ।