२४ बैशाख, २०८१ सोमबार

11:27:53 PM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

हिमालयन मल्टिकल्चरल सोसाइटीलाई साउथ अष्ट्रेलियाका लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्त

२१ असार, २०७९

हिमालयन मल्टिकल्चरल सोसाइटीलाई साउथ अष्ट्रेलियाका लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्त

एडिलेड । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डेन मन्त्रालयले हिमालयन मल्टिकल्चरल सोसाइटीलाई साउथ अष्ट्रेलियाका लागि मानार्थ जन सम्पर्क प्रतिनिधि नियुक्त गरेको छ ।

नेपालको पर्यटन उद्योगको प्रवद्र्धनमा संस्थाले गरेको बहुमूल्य सेवाको कदरस्वरुप २७ जुन २०२२ को निर्णय अनुसार नियुक्ति गरिएको मन्त्रालयका शाखा अधिकृत राजकुमार दुलालद्वारा हस्ताक्षरित पत्रमा उल्लेख गरिएको छ । पर्यटन प्रवर्द्धनमा सोसाइटीले उत्कृष्ट काम गर्ने मन्त्रालयले जनाएको छ ।

नेपाली पर्यटन उद्योगका लागि अष्ट्रेलियामा रहेको नेपाली दूतावास, टुर अपरेटरहरू, मिडिया, कूटनीतिक एजेन्सीहरू र दक्षिण अष्ट्रेलियामा एनआरएनएका साथै अन्य क्लब, संघ र सम्भावित आगन्तुकहरूलाई यात्राको चासो जगाउन र प्रोत्साहित गर्नका लागि संस्थाले नेपाललाई प्रतिनिधित्व गर्दै निकट समन्वय र सहकार्यमा काम गर्न आवश्यक छ रहेको उक्त पत्रमा उल्लेख गरेको छ ।