१२ साउन, २०८२ आइतबार
11:35:25 PM
२१ असार, २०७९
काठमाण्डौं । राजस्व अनुसन्धान विभागले विदेशी विनिमय अपचलन गरेको आरोपमा मुद्दा दायर गरेको छ । विभागले प्रेस विज्ञप्ती जारी गर्दै पुर्वको कुश्मा घर भई हाल काठमाण्डौंको सामाखुशी बस्ने गणेश पौडेल विरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दायर गरेकोे जानकारी दिएको हो ।
पौडेलले विदेशबाट अनौंपचारीक माध्यमबाट ठूलो परिमाणको रकम प्राप्त गरि नेपालमा विभिन्न व्यक्तिहरूलाई रकम भुक्तानी दिएको देखिएबाट उनले एकाघरका वा आफन्तको मात्र रकम प्राप्त नगरी आर्थिक लाभ लिने प्रयोजनका लागि व्यवसायकै रुपमै अपनाएको देखिएको छ ।
उनले विदेशमा विदेशी मुद्रा भुक्तानी लिई सोही बरावरको रकम निजले नेपाल तर्फको भुक्तानी फरफारक गरेको देखिएको, प्रतिवादीले बिदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र लिएको नदेखिएको समेतका आधार प्रमाण फेला परेको थियो ।
उक्त प्रमाणहरुको आधारमा पौडेलले बिदेशी विनिमय कारोवार गर्न ईजाजतपत्र नलिई विदेशी विनिमय अपचलन गरेको विभागको आरोप छ ।
विभागका अनुसार पौडेललाई विदेशी विनिमय ऐन विपरितको कसूरमा ८ करोड २३ लाख २६ हजार आठ सय छ रुपैयाँ कायम गरी मागदावी लिई अभियोगपत्र दायर गरिएको हो ।