१० मंसिर, २०८१ सोमबार

06:16:30 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

मन्त्रिपरिषद फेरि पुनर्गठन, राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

Nepal Business

२० असार, २०७९

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।

मन्त्रिपरिषद फेरि पुनर्गठन, राष्ट्रपतिसमक्ष नवनियुक्त तीन मन्त्रीको शपथ

काठमाडौँ,
राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त तीन मन्त्रीहरुले सोमबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा नवनियुक्त मन्त्रीहरु कृषि तथा पशुपक्षी विकासमन्त्री मृगेन्द्रकुमार सिंह, भौतिक पूर्वाधार तथा यातायातमन्त्री मोहम्मद इश्तियाक राई र वन तथा वातावरणमन्त्री प्रदीप यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको हो ।

समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालगायत उच्चपदस्थ अधिकारीको उपस्थिति थियो ।