१० मंसिर, २०८१ सोमबार

06:34:32 AM


https://nepalbusiness.com/
https://nepalbusiness.com/
×

आगामी आर्थिक वर्षको बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याइयोः अध्यक्ष ओली

२० असार, २०७९

आगामी आर्थिक वर्षको  बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याइयोः अध्यक्ष ओली

काठमाडौं । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेट निश्चित घराना र व्यापारीलाई फाइदा पुर्याएर ल्याएको आरोप लगाउनुभएको छ । सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले आर्थिक वर्ष २०७९।०८० बजेट देशका लागि नभएर निश्चित व्यापारी घरानालाई फाइदा पुग्ने गरी ल्याएको आरोप लगाउनुभएको हो ।

अर्थ मन्त्रालयमा व्यापारी बोलाएर र उनीहरूकै इच्छाअनुसार करको दर परिवर्तन गरिएको भन्दै उहाँले व्यापारीका मान्छे राखेर बजेट बनाउनु आर्थिक अनुशासनहीनताको पराकाष्ठा भएको बताउँदै यसबारे छानबिन गर्न समेत ओलीले माग गर्नुभएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले एमाले को हो ? उसले भन्दैमा सिसिटिभी फुटेज दिनुपर्छ ? भनेर दिएको अभिव्यक्तिप्रति प्रतिवाद गर्दै ओलीले यसबारे मन्त्री मात्र होइन, सिंगो मन्त्रिपरिषद्सहित प्रधानमन्त्री जवाफदेही हुनुपर्ने बताउनुभयो ।